कटायौ रात लाल पानी पिएर
सकियो है साबुनमा पानी खिएर
बाचा बन्धन त सबै फुस्रा आश्वासन
पंछायौ घुच्चुकमा लात हानि दिएर
सक्थेउ त मन बुझाएर बस्नलाई
एक मुठीमा तातो खरानी लिएर
असफलता त जीवनका पथ हुन
के फाइदा भिजेको सिरानी सिएर
बनेर हेर कतै फकीरकी छोरी
अन्धो भा'छौ सँगै रानी उभिएर
सकियो है साबुनमा पानी खिएर
बाचा बन्धन त सबै फुस्रा आश्वासन
पंछायौ घुच्चुकमा लात हानि दिएर
सक्थेउ त मन बुझाएर बस्नलाई
एक मुठीमा तातो खरानी लिएर
असफलता त जीवनका पथ हुन
के फाइदा भिजेको सिरानी सिएर
बनेर हेर कतै फकीरकी छोरी
अन्धो भा'छौ सँगै रानी उभिएर
No comments:
Post a Comment