Friday, 23 September 2016

Dasain

'Dasain' a mere name or a lot bigger than that. It will always be a debate amongst all Nepalis over the world.  If asked in the year 2008 or earlier, I would have asnwered " its just a name". But now the things they define dasain are humungus . never knew what was dasain till I came to Finland. Yes, Finland taught me immense things about my culture, lifestyle and the weather. Being apart from home in dasain simply hurts. I have been facing this for the last 8 years. First year was okish, just came from home, was missing bit of family but the country was new the towners were new and the school was totally new. I had to show all my fellow friends what really was dasain. Specially the red tika on the forehead was a point of attraction. A few presentations and discussions were making me busy all those dasain days.
Days passed by as the country became used to and the town was old. School boring and the same old routine.
Gradually the charm of abroad life diminishes and the want of root culture extends. One can't go back a country retaining political unstability without any massive achievements abroad. Relying solely on social media, staying at room and watching live broadcast from home celebrating dasain, is the only option these days.
I still hope to be home in Dasain some year. Once again  I will be a kid asking for new clothes and kites; will be swinging the tree swing to the top to pluck the leaves. For Sure.....

Wednesday, 7 September 2016

बिहानको लगभग ५ बजेको हुँदो हो, अनिलको अलार्म बज्यो। अजिबको थियो उसको फोनको आवाज, कहिँ कतै प्रलय भए जस्तो बज्थ्यो। धेरै पटक उसलाई साथीहरुले किन एस्तो धुन राखेको भनेर सोध्दा उसले सामान्य भावमा ,' मीठो धुन ले त निन्द्रा झन् बढाउछ, जगाउन त यस्तै कर्कश ध्वनि चाहिन्छ। ' आज नभन्दै उ पनि डरायो आफ्नै मोबाइलको स्वर बाट।  डर त आजको मात्रै हैन हिजो अस्ति देखि नै थियो, जानुथ्यो विदेश सबै माया गर्ने हरुलाई छोडेर।  आफ्ना परिवारसँग त सधैं एस्तो लुकामारी चलि नै रहन्थ्यो तर येस्पली अन्जलीलाई नि छोडेर जानुथ्यो। येति छोटो समयमा येति नजिक भएकी अन्जलीले प्रत्येक निर्णयमा साथ दिइनै रहेकी थिइन्।  आफ्नो खेल त्याग्ने निर्णयमा पुनर्विचार गर्न पटक पटक भनि नै रहन्थिन। परिक्षामा अनुतिर्ण हुदाँको चिड्चिडेपनलाई कपाल मुसारी मुसारी शान्त पारेको झल्झली मानसपटलमा सिनेमाको रील झैँ घुम्दै थिए। चिया बगानमा घुमेका ति हरिया दिनहरु, हात समाइ  समाइ  हिडेंका ति कसिला छिनहरु दसैंको पिङ्गझैँ  मचचदै थिए। भो किन जानु र विदेश , यतै केहि न केहि गर्न सकिन्छ कि ? फेरी काठमाडौँको यो महँगी कसरि गुजारा गर्नु ? '
स्नूज भएको त्यो अलार्म फेरी चर्को स्वरमा भुर्र भुर्र  गर्न थाल्यो। 'साला यो फोन कति कराउन सकेको' भन्दै अलार्म अफ गर्यो। शौचालय पुगेर आउदाँ आमाले चिया नास्ता तयार गरिसक्नु भएछ। मनले नमाने पनि ठुस्नु नै थियो। मुखले चिउरा चपाउदै गर्दा आखाँ एकटकले फेसबुक खोतल्दै थिए। 'छिटो गर , हतार भै सक्यो ' आमाको बोलीले उसलाई  झस्क्यायो।  एक घुट्को मै चिया स्वाट्ट पियो अनि हतार हतार गरि लुक लगाउन थल्यो।  झोला तुम्बा त हिजै कसिसकेको थियो, के नै थियो र गर्न।  एक छिनमै तयार भएर निस्किदा रातो अक्षता र  थुङ्गे फूलको माला कुरी रहेका  थिए।  
सदाझैँ यसपाली पनि त्यहि नचाहिएको क्षण आयो।  सबै खुसी, दु:खमा परिवर्तन हुने पक्का थियो।  भिजेका आखाँ लुकाउन भर मग्दूर प्रयास गरे पनि धर्तीमाताले आशुंको बलि नलिई छोडिनन। समानहरु पहिले नै ट्याक्सीमा बसिसकेका थिए , अनिल आफ्नो सुक्क सुक्कलाई बर्षाको खहरेझै बढाउन पनि चाहदैनथ्यो। औपचारिकता झट्टै सकेर बस्यो ट्याक्सीमा। विभिन्न कुराहरु मनमा खेलाउदैं बाटोका खाल्डा खुल्डीमा बच्दै, भदौको भेलमा बढेको खोलाको धमिलो पानी  नियाल्दै नियाल्दै पुग्यो एरपोर्ट।  पुग्ने बित्तिकै उसका नजरहरु खोज्दै थिए अन्जलीलाई …