Wednesday, 6 January 2016

खै

नयाँ वर्षमा नै किन मलाई यस्तो
मन कमलो तर माया ज्यादै सस्तो

त्यो गल्ती थियो कि मनमानी
खोतल्न खोज्ने बानी मेरो कस्तो

बलिरहेछ आगो भित्र एकनाश
टोक्दैछ यो रातले दिनजस्तो

बाँधिएको थियो साँच्चै त पट्टि
कि अन्धो भएर गरिएन वास्तो

हरिया परिया बदलिए मरुभूमिमा
रमाएको निमेष बदलियो लास्तो । 

No comments:

Post a Comment