सोध्यो मलाई 'ए के हेर्दै छस?'
फर्केर भने उसै तिर
तेरो निर्दयी थुतुनो बाहेक
अरु सप्पै
ति गुच्चाहरु जसले मेरा हात फुटाए
ति मोजाका बलहरु जसले मेरा
गाला र ढाड सेकाए
ति काँक्राबारीहरु जो जिउ भरिका
घाउका कारण थिए
सक्छस् मलाई देखाउन
ति मनभित्र लुकेका आकर्षणहरु
मास्टरका नाम सुन्ने बित्तिकै काप् ने गोडाहरु
आत्मिय अनत्मिय मित्रहरुका साथ
कदापि छैनस सक्ने तैले देखाउन
मलाई झरीका ति अनिंदा रातहरु
कुना कुना भाडा थप्दै बर्खा सरापेको
तै पनि मिठो मान्दै मोटा चामलको भात
अँगेनोको वरिपरि पिरुकामा बसि
सुख दु:ख साटेको
फर्केर भने उसै तिर
तेरो निर्दयी थुतुनो बाहेक
अरु सप्पै
ति गुच्चाहरु जसले मेरा हात फुटाए
ति मोजाका बलहरु जसले मेरा
गाला र ढाड सेकाए
ति काँक्राबारीहरु जो जिउ भरिका
घाउका कारण थिए
सक्छस् मलाई देखाउन
ति मनभित्र लुकेका आकर्षणहरु
मास्टरका नाम सुन्ने बित्तिकै काप् ने गोडाहरु
आत्मिय अनत्मिय मित्रहरुका साथ
कदापि छैनस सक्ने तैले देखाउन
मलाई झरीका ति अनिंदा रातहरु
कुना कुना भाडा थप्दै बर्खा सरापेको
तै पनि मिठो मान्दै मोटा चामलको भात
अँगेनोको वरिपरि पिरुकामा बसि
सुख दु:ख साटेको
No comments:
Post a Comment