Thursday, 16 July 2015

पिर नगर

पिर नगर प्यारी छिट्टै लिन आँउछु
तेरै नाम भाकल गरी गुम्बा मन्दिर धाँउछु

घाँस दाउरा मेला पात रोपाईंमा जाँदा
पलपल ढुकढुकी भित्र म नै छाँउछु

रातो सारी चुरा पोते पनि हेर्दै गर्नु
छानी छानी किन्नलाई पैसा पठाँउछु

त उता म यता छट्पटीमा कराउँदा
मनमनै जीवन्त प्रेमगीत गाँउछु

कहिले आउला भेट्ने त्यो शुभ दिन
कल्पिएर एकाएक आफैंमा रमाँउछु

No comments:

Post a Comment