भूकम्पले जिर्ण भएको मेरो देशमा
आशा र संभावनाको दीप बालिदेउ
प्याक प्याक्ति मुख बाइरहेका
काकाकूलका देहमा अमृत छरिदेउ
साना तिना झिना मसिना कुराहरुमा
अल्झिरहेका ठूला ठूला देवहरुसमक्ष
शान्ति, मेलमिलाप र राष्ट्रियताको
मेघ गर्जनले पंचजन्य संख फुकिदेउ
नांगिएका वन पाखा , उदांगिएका बस्तीहरु
भू माफिया र प्लटिंग सम्राट बिरुद्ध
जगमगाई उठ्न र प्रकृतिसंरक्षणमा
प्रेरित पार्दै सबैलाई उक्साइदेउ
ओठे बोली मात्र हैन काम गर्ने
हौसला र प्रेरणा प्रदान गरिदेउ
कुवा बनाउने घाँसी मात्र हैन
मनमा बस्ने भानुभक्त जन्माइदेउ।
No comments:
Post a Comment