मुस्कुराउने ओठले आँखाको पानी सोस्दो रहेछ
उदारता र मानवताको भावले दु:ख खोस्दो रहेछ
सजिलो र सहज पथहरु कुद्दा कुद्दै ज्यान
आवड खावड उकाली र ओराली नै रोझ्दो रहेछ
आफूभन्दा पनि ज्यादा समाजलाई दिने
दु:ख दर्दको पहाड खस्दा पनि निरन्तर
के शक्ति छ तिम्रो मनसँग जो
फूल छोडेर काँडाको बाटो नै सोच्दो रहेछ
नमन गर्न मन छ त्यो महान आत्मालाई
जसले यो निर्दैयी परिवेशलाई सदभाव सिकाउदैं छ
मेरो मेरो भन्दा पनि हाम्रो हाम्रो चाहना
यस्तो मनलाई माया गर्न सबै खोज्दो रहेछ
उदारता र मानवताको भावले दु:ख खोस्दो रहेछ
सजिलो र सहज पथहरु कुद्दा कुद्दै ज्यान
आवड खावड उकाली र ओराली नै रोझ्दो रहेछ
आफूभन्दा पनि ज्यादा समाजलाई दिने
दु:ख दर्दको पहाड खस्दा पनि निरन्तर
के शक्ति छ तिम्रो मनसँग जो
फूल छोडेर काँडाको बाटो नै सोच्दो रहेछ
नमन गर्न मन छ त्यो महान आत्मालाई
जसले यो निर्दैयी परिवेशलाई सदभाव सिकाउदैं छ
मेरो मेरो भन्दा पनि हाम्रो हाम्रो चाहना
यस्तो मनलाई माया गर्न सबै खोज्दो रहेछ
No comments:
Post a Comment