हे रामकुमारी तिमी जादै छौ रे
के हेरेर ट्वाल्ल परेर बस्दै छु त ?
के का ट्वाल्ल पर्नु र म ?
गए जाउ मलाई बाल मतलब
खसी काटी मज्जाले खाने छु
पहिले भन्दा मोटाउने छु
अहिले भन्दा झन् मस्ती गर्ने छु
गए जाउ मलाई बाल मतलब
एडेल सुनुला दुइ चार दिन
मनाली ट्रान्स सुनेर रात बिताउने छु
ग्वाम ग्वाम दाल भात हुल्नेछु
गए जाउ मलाई बाल मतलब
रमाइलोको सीमा हुने छैन
मेरो कुनै ठेगाना हुने छैन
इमेल मेसेज जेसुकै गर हे रामकुमारी
गए जाउ मलाई बाल मतलब
कति खानु आफैले किनेको लाली पोतो
बच्ने छ मेरो आधा तलब
दारुको साथ लड्की इन द कलब
गए जाउ मलाई बाल मतलब