देशभक्तिको कुरा गर्दै सोच्दै साँझ विहान
प्रवासको मन बिथोलिन्छ सधैं साँझ विहान
हिजो यस्तो भयो है आज नहोला फेरि उस्तो
राम्रो भयो भन्ने कुरा खोज्दै बित्छ साँझ विहान
नेताको कुरा काट्दै र देशको खोइरो खन्दै
सुरु हुन्छ कुरा अनि टुङ्गिन्छ साँझ विहान
बस्न नसकि राम्रो देशमा, बिदेश अँगालेर
किन फेरि फिर्छ मन उडेर साँझ विहान
राम्रो जिवन खोज्दै खोज्दै जति धाउँदा बिदेश
वनको चरी वनमै रमाउँछ साँझ र विहान
No comments:
Post a Comment