आउन त आयौ तिमी निक्कै दिनको कुराइमा
अनौठा थिए भावहरु तिम्रा कुरा गराइमा
डर लाग्यो सोच्न थालें दिने हौ कि धोका मलाई
हिमाल मलाई चढाइ बस्ने हौ कि तराईमा
कति भुलें कति सम्झें ति खोक्रा आश्वासनहरु
सक्ने छैन बाध्न तिमीलाई मुटुको घेराइमा
तिमी पनि अरु भाती स्वार्थी मात्रै निस्कियौ हैन
पछी लाग्यौ दुनियाको नानाथरिका भुकाइमा
आउन त आयौ तिमी निक्कै दिनको कुराइमा
अनौठा थिए भावहरु तिम्रा कुरा गराइमा ।
No comments:
Post a Comment