Monday, 20 September 2010

बाँकी छ यो खाली बोतल अरु सबै हारेपछि
किन सोध्छौ मलाई फेरी मेरो माया मारेपछि

संगै संगै हिंड्ने कदम दोबाटोमा छुट्न थाले
किन रोज्छौ गरीब दुखी धनी जाल पारेपछि

दियौ मलाई जती दु:ख उसलाई नदिनु है
गाह्रो हुन्छ जिउन आफ्नै आँखाबाट गिरेपछी

Sunday, 12 September 2010

कालो कपाल कालो पहिरन भूत हौ कि किचकन्या
देख्दै तर्साउने जस्तो, खाने हौ कि कोपर्ने थाहै भएन
सुस्त सुस्त म तिर लम्किँदै छौ भागौं अब कता