Thursday, 29 April 2010

मूलपानी

बिहान पाँचैबजे मंगले दाइले बोलाउने मूलपानी
मित्रता प्रेम भाइचारा सबैलाई सिकाउने मूलपानी

काठमाडौंको जुम्लासरी बिकट देखिने प्यारो मेरो गाँउ
मिहिनेतको पानीले मलिलो धर्ती भिजाउने मूलपानी

मनोहराको तिरबाट बोडेसँग माया गाँस्ने मेरो ठाँउ
फाँट,झुल,बगर,भिखेल,मैचाखेल अटाउने मूलपानी

गोकर्ण र नीलबाराहीको शीतल बतासले सिंचिएको
आधा राजधानीलाई रासन खुवाउने मेरो मूलपानी

रमाइलो, खुशियाली, एकता र बहादुरी को संगम
सबैलाई स्नेह र ममताले फकाउने प्यारो मूलपानी