Thursday, 11 February 2010

Islamabad देखि Waterford सम्म

सानो हुदाँ गुच्चा खेल्दा खेल्दै इस्लामाबाद जाने भनेर कुरो मिलाउदै गरेका हामी तीन साथी अहिले ३ तिर छौं । त्येही इस्लामाबादले मलाई आहिले यहाँ आयरल्याण्ड सम्मको दुरी पार गर्न मद्दत गरेको छ । बच्चा बेलाको सोच आहिले काम लागेको देख्दा मन निक्कै हर्षित छ । अर्को तिर म अलि पीडामा छु , जस जसको परिकल्पना थियो इस्लामाबाद को आहिले नेपालमा छैनन् तर पनि संगै छैनन् । एक अर्को भन्दा पर विदेशमा बस्दा कस्तो दुख पीर र आपत्ति पर्दो रहेछ भनेर तिनै जनालाई समयले मज्जाले चड्कन हानी हानी सिकाई सकेको छ । त्यो इस्लामाबाद कसैको लागि हल्याण्ड , कसैको लागि बेलायत र कसैको लागि फिनल्याण्ड मा परिवर्तन भएको छ । बिशेषगरि म अलि ज्यादा घुमफिर गर्न रुचाउने हुनाले आहिले आयरल्याण्ड म ४ महिना जति घुमघाम को साथै पढाई गर्न भनेर आएको छु । हुन त लेख्ने पर्ने कुरो केहि थिएन तर पनि कट्टु नालागाउदा देखिको साथी हरु को सम्झना ले लेखु लेखु लाग्यो । आहिले पहिले पनि आफु एक्लै छु जस्तै लाग्थ्यो तर यहाँ आएपछि को एकान्त र रित्तोपन झन् टड्कारो रुप मा देख्दै आएको छु ।
आज शिवरात्री पनि हो, साथीहरु रमाइलो गर्दै श्री पशुपतिनाथ दर्शन गर्न जादैं होलान रमाइलो त भरे पक्का गर्ने छन् अनि म यहाँ एक्लै पल पल पिल्सिदै बस्दै गरेको हुन्छु । तर जे होस् आहिले म घुमन्ते भएको छु,घुम्दै फिर्दै छु आफु रमाइलो गर्दै छु । हेरौ यो खल्ती कहिले सम्म भारि हुन्छ अनि मेरो घुम्ने सिलसिला बन्द हुन्छ ।
आज लाई येती नै भयो , अलि बढी भावुक हुन लगियो जस्तो छ
आराध्य श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन

No comments:

Post a Comment