Monday, 18 January 2010

झोली तुम्बा

केहि गर्छु भन्दा भन्दै आधा जीवन गइसक्यो
झोली तुम्बा बोकेर अब हिड्ने बेला भइसक्यो

कोहि भन्छ येसो गर कोहि भन्छ उसो नगर
थ्याच्च मेचमा बस्दा बस्दै उठ्ने बेला भइसक्यो

छटपटी त छदै थियो ब्याकुल हुन थालियो
हतारो समयले नेटो काट्ने बेला भइसक्यो

धक्का मर्दै धुवाँ र पानी अंगाल्दै टुक्रा पर्दै
पालीको हिउँ सुस्तरी पग्लने बेला भइसक्यो

संवाहकको एक्लो यात्रा आफैंमा सिमित हुदैं
ठक्कर हण्डर निराशाले मार्ने बेला भइसक्यो

No comments:

Post a Comment