Sunday, 3 January 2010

हेर्दा हेर्दै

हेर्दा हेर्दै दिन पनि कति चाँडो बितेछ
यतिका धेरै कुराहरु नथाली छुटेछ

सोचेको थिएँ यो गर्छु उ गर्छु उपरान्त
गर्ने कामहरु सबै पछाडि नै अल्झेछ

सँगसंगै थालेको हिंड्न भए म पछाडि
पछ्यौँदा पछ्यौँदै मन आझै धेरै थाकेछ

स्वीकारेँ मैले भयौ तिमी नै यहाँ पहिलो
पत्तो लाग्यो मलाई अब स्टामीना घटेछ

हौसला, माया र प्रेमको अभाव झेलेर
बन्द सिसी भित्र सिंगो जीवन कोचिएछ

No comments:

Post a Comment