केहि गर्छु भन्दा भन्दै आधा जीवन गइसक्यो
झोली तुम्बा बोकेर अब हिड्ने बेला भइसक्यो
कोहि भन्छ येसो गर कोहि भन्छ उसो नगर
थ्याच्च मेचमा बस्दा बस्दै उठ्ने बेला भइसक्यो
छटपटी त छदै थियो ब्याकुल हुन थालियो
हतारो समयले नेटो काट्ने बेला भइसक्यो
धक्का मर्दै धुवाँ र पानी अंगाल्दै टुक्रा पर्दै
पालीको हिउँ सुस्तरी पग्लने बेला भइसक्यो
संवाहकको एक्लो यात्रा आफैंमा सिमित हुदैं
ठक्कर हण्डर निराशाले मार्ने बेला भइसक्यो
Monday, 18 January 2010
Friday, 15 January 2010
त्यो
त्यो गोराको बोलीले मलाई निन्द्रा लगायो
पढ्ने रहर खै यसपाली कता हरायो
त्यो बडेमान मुख बाउने बानी पारेर
सबैजनालाई आ-आफ्नो धुनमा मग्न बनायो
के बोल्यो कसो बोल्यो दिमागम केहि घुसेन
झुप्प झुप्प गर्दा गर्दै दुइ घण्टा कटायो
अगाडिका मैयाँहरु आफ्नै धुनमा ब्यस्थ
सेतोपाटीमा हेर्दा हेर्दै बत्तिले आखैं दुखायो
छ्या कस्तो शिक्षक ल्याएछ यो बिद्यालयले
निन्द्रा लागि मर्नु भन्दा लेख्न बाध्य बनायो
पढ्ने रहर खै यसपाली कता हरायो
त्यो बडेमान मुख बाउने बानी पारेर
सबैजनालाई आ-आफ्नो धुनमा मग्न बनायो
के बोल्यो कसो बोल्यो दिमागम केहि घुसेन
झुप्प झुप्प गर्दा गर्दै दुइ घण्टा कटायो
अगाडिका मैयाँहरु आफ्नै धुनमा ब्यस्थ
सेतोपाटीमा हेर्दा हेर्दै बत्तिले आखैं दुखायो
छ्या कस्तो शिक्षक ल्याएछ यो बिद्यालयले
निन्द्रा लागि मर्नु भन्दा लेख्न बाध्य बनायो
Monday, 11 January 2010
भक्कानो
भक्कानो परेको यो छाती म फुकाउँ कसोरी
आफ्नो पीर व्यथा तिमीसामु लुकाउँ कसोरी
पलपल छिनछिन मर्दै बाँच्दै मर्दै गर्ने
नचाहिँदो एस्तो बानी अब छुटाउँ कसोरी
पहारिलो घाम ताप्ने आशै आशमा तड्पिंदै
शीतको बृहत रास पार गराउँ कसोरी
च्यातिएको ओठबाट तिखा बाड चलेपछि
भन घातबाट आफुलाई बचाउँ कसोरी
आफ्नो पीर व्यथा तिमीसामु लुकाउँ कसोरी
पलपल छिनछिन मर्दै बाँच्दै मर्दै गर्ने
नचाहिँदो एस्तो बानी अब छुटाउँ कसोरी
पहारिलो घाम ताप्ने आशै आशमा तड्पिंदै
शीतको बृहत रास पार गराउँ कसोरी
च्यातिएको ओठबाट तिखा बाड चलेपछि
भन घातबाट आफुलाई बचाउँ कसोरी
Sunday, 10 January 2010
निराशाबादी
निराशाबादी मान्छेहरु लेखक हुन्छन रे
काम कुरो अन्तै कतै छोडी लेख्न बस्छन रे
कर्म छोडी भाग्यको भरमा जीवन नै छोड्ने
कापी र कलम मात्रै जिन्दगी हो भन्छन रे
सुख लुकाई दुख मात्र देखाएर लेख्छन
चिरेको छातीलाई हज्जारौ पटक खुर्किन्छन रे
गन्तब्यमा नपुग्दै यात्राको मात्र कुरा गर्छन
सजिलो बाटो छोडी काँडे पथ रोज्छन् रे
काम कुरो अन्तै कतै छोडी लेख्न बस्छन रे
कर्म छोडी भाग्यको भरमा जीवन नै छोड्ने
कापी र कलम मात्रै जिन्दगी हो भन्छन रे
सुख लुकाई दुख मात्र देखाएर लेख्छन
चिरेको छातीलाई हज्जारौ पटक खुर्किन्छन रे
गन्तब्यमा नपुग्दै यात्राको मात्र कुरा गर्छन
सजिलो बाटो छोडी काँडे पथ रोज्छन् रे
Sunday, 3 January 2010
हेर्दा हेर्दै
हेर्दा हेर्दै दिन पनि कति चाँडो बितेछ
यतिका धेरै कुराहरु नथाली छुटेछ
सोचेको थिएँ यो गर्छु उ गर्छु उपरान्त
गर्ने कामहरु सबै पछाडि नै अल्झेछ
सँगसंगै थालेको हिंड्न भए म पछाडि
पछ्यौँदा पछ्यौँदै मन आझै धेरै थाकेछ
स्वीकारेँ मैले भयौ तिमी नै यहाँ पहिलो
पत्तो लाग्यो मलाई अब स्टामीना घटेछ
हौसला, माया र प्रेमको अभाव झेलेर
बन्द सिसी भित्र सिंगो जीवन कोचिएछ
यतिका धेरै कुराहरु नथाली छुटेछ
सोचेको थिएँ यो गर्छु उ गर्छु उपरान्त
गर्ने कामहरु सबै पछाडि नै अल्झेछ
सँगसंगै थालेको हिंड्न भए म पछाडि
पछ्यौँदा पछ्यौँदै मन आझै धेरै थाकेछ
स्वीकारेँ मैले भयौ तिमी नै यहाँ पहिलो
पत्तो लाग्यो मलाई अब स्टामीना घटेछ
हौसला, माया र प्रेमको अभाव झेलेर
बन्द सिसी भित्र सिंगो जीवन कोचिएछ
Saturday, 2 January 2010
दिक्क लाग्यो आज मलाई नयावर्षको दिनमा
दिक्क लाग्यो आज मलाई नयावर्षको दिनमा
खै किन हो किन छटपटीन्छु म छिनछिनमा
ढुङ्गा पनि रसाउछ रे मल जल परेपछी
डाह भयो छाती पोल्यो जब परेपछी रिनमा
धेरै भयो जस्तो छ हिजो अबेर राती मदीरा
सम्हाल्न ज्यान अलि गाह्रो भयो यो आधा दिनमा
आदानप्रदान गर्दागर्दै शुभकामनाहरु
भुइँचम्पाहरु पड्किदै थिए छिनछिनमा
एक्लोपनमा सिंगो मान्छे भनाउँछु आफूलाई
विवस भई हुलमुलमा चढाउँछु घिनमा
खै किन हो किन छटपटीन्छु म छिनछिनमा
ढुङ्गा पनि रसाउछ रे मल जल परेपछी
डाह भयो छाती पोल्यो जब परेपछी रिनमा
धेरै भयो जस्तो छ हिजो अबेर राती मदीरा
सम्हाल्न ज्यान अलि गाह्रो भयो यो आधा दिनमा
आदानप्रदान गर्दागर्दै शुभकामनाहरु
भुइँचम्पाहरु पड्किदै थिए छिनछिनमा
एक्लोपनमा सिंगो मान्छे भनाउँछु आफूलाई
विवस भई हुलमुलमा चढाउँछु घिनमा
Subscribe to:
Posts (Atom)