Wednesday, 11 November 2009

म आफैँभित्र समाहित भएको यो ज्वारभटलाई के नाम दिउँ भन्ने सोचमा रहेको बखत पलपलमा तिम्रो नै मुहारलाई देख्ने गर्दछु । आफुलाई सधैं एक्लै सोच्ने म आजभोलि त्यस्तो सोच्दिन । प्राय: म एकलकाटे
रहने गर्दथेँ जसको परिणाम स्वरुप ममा रुची लिने बिरलै कोही हुन्थे । एउटा कोठामै लीन भएर म दिन नै कटाइदिन सक्थेँ । खासै राम्रो बिचार पनि खेल्दैनथ्यो ममा र मान्छेहरुले घ्रीणाको आँखाले चिथोर्ने गर्दथे । हरबखत
च्यातिने र लछारिने भएको कारणपनी हो की म एक्लोपनमा सिंगो मान्छे कहलिन रुचाउथेँ । मसँग जो नगिच थिए उनीहरुपनि ध्यान दिदैनथे । यस कुराको ज्ञान मैले निकै पछि मात्र पाएँ जबकी मैले अगाडि नै पाउनुपर्ने थियो । यस्तै भवनाहरुले व्याप्त मेरो मन फेर्न त्यहा आएको थिएँ । जब तिम्रो आँखालाई मेरो हृदयले देख्यो तब म केही फरक मतमा उभिन थालेँ । त्यस रात मलाई निन्द्राले पटक्कै छोएन र ताराहरुले पिलिपिली गर्दै मेरो अवस्था हेरिरहेका थिए । त्यो रात मेरो आजसम्मकै सबैभन्दा कठिन रात रह्यो । मेरो मनले एउटै कुरा दोहोर्यायो ' कहीले बिहान हुन्छ ? '

No comments:

Post a Comment