रमेश सधैं हामीसंगै हुन्थ्यो । हामीले मायाको कुरा साटासाट गर्दा अल्छिलागेको जस्तो पनि गर्दैन थियो । हाम्रो मधुर वार्तालाप छोडेर म सहानुभूतिका आँखाले उसलाई हेर्ने गर्थें । चहान्थें उसको पनि एउटि सज्जन र सुशिल साथी होस् । अनुपमले रमेशलाई नलिइ कतै पनि हिड्दैनथ्यो । बजारमा समोसा खाँदा पनि म उसको चासो नलिइ रहन सक्दिनथें ।
जब मैले +२ उतिर्ण गरें , मेरो जीवनले अर्कै मोड लिन थाल्यो । अनुपम गाउँ गयो आमा बिरामी भनेर । मैले छिट्टो आउ है भनेर मायाको भावले बोल्दा उसलाई अर्कै पिडाले सताएको जस्तो गर्यो । सोचें निक्कै सिरियस हुनुहुन्छ आमा अनि मेरा बोली ठप्प भए । २\४ दिन गर्दै २ हप्ता बिति सकेछ, मेरा नयनले उसैलाई त्यही मन्दिर नजिकको फूलबारीमा देख्ने चाहाना झन ब्यग्र रुपमा माग गरिरहेका थिए । जसोतसो पापी आँखाहरुलाई सम्झाएर मन मनै पिल्सिदै बस्दै थिएँ । गएको २४औ दिनमा मेरो मन शान्त पार्न उसको आगमन भयो । त्यसदिन अनुपम र रमेश संगै आएनन् , अनुपम एक्लै आयो । मैले ध्यान नै दिइन रमेश आयो कि आएन । मलाई त बस अनुपम नै चाहिएको । तर आज अनुपमको आँखामा पहिलेको जस्तो तेज थिएन, मैले सोधें के भयो ? उसले केही हैन भनेर टार्यो । एकछिनमा रमेश हस्याङ्फस्याङ गर्दै आयो,अनि अनुपमलाई झपारेजस्तो गरि सोध्यो किन मलाई नबोलाएको ? मैले मन मनै बिचार गरेँ, आज किन दुइजना छुटेछन ? त्यो साँझ केही नबोलीकन बित्यो । सधैं सधैं त्यस्तै हुन थाल्यो , म सोधिरहन्थेँ अनी उ टारीरहन्थ्यो । उसको प्रेममा यती धेरै लट्टु भएछु कि मेरो बी बी एस प्रथम बर्षको परिक्षा भुसुक्कै भएछ । घरमा यती धेरै गाली खाएँ , बुवाले झन्डै कुट्नुभएको । तैपनि म लुकी लुकी अनुपम लाई भेट्न गैरहन्थेँ । रमेश पनि उही परले अली अली ढिला आउन थालेको थियो । हामीलाई कहीले पनि एक्लै हुन दिएको थिएन । मलाई उसको यो हाउभाउ त्यती मन पर्दैन थियो तर पनि अनुपमको मायाले मलाई चुपनै बस्न बिवस गराएको थियो ।
बी बी एस दोस्रो बर्षमा पढाई चलिरहेको थियो अनुपमलाई फेरी घरबाट चिट्ठी आयो । यसपटक मलाई नभनिकन उ गयो, अनी निक्कै दिन आएन । मैले पत्ता लगाउन खोजेँ तर केही गर्दा पनि भएन । मैले जमर्को गरेँ पत्ता लगाएरै छोड्छु । उपाय खोज्ने क्रममा मैले आफ्ना कलेजका साथीहरु सँग सल्लाह लिन थालेँ । त्यती मिल्ने साथी नभएपनि रितीमाले मलाई सहयोगको वाचा गरि । केही शान्त भएपनि मन मेरो आझै दोधारमा थियो । एक हप्ता पछी रितीमा मेरै घरमा आइ । कोठाको चुकुल लगाएर सबै कुराको उत्सुक्ता मेट्न आतुर थिए म । जब रितीमाको मुखबाट पहिलो वाक्य खस्यो , मेरो आँखा रसाये । सबै कुरा सुन्दा त म छाँगो बाट खसेजस्तो भएँ । मेरो आँशु थामिने नाम नै लिएन । मलाई आफु भन्दा बढी माया गर्छु भन्ने ले त गाउँमा अर्कैसँग पिरती गाँसेको रहेछ । म समक्ष बिस्मात् बाहेक केही रहेन । त्यस्ता कैँयौ रात आँशुसंगै बगे । एकचोटि त सोचें यस्तो जीवन के कामको ? तर फेरी मनन गरेँ यसमा मेरो के गल्ती आफ्नो जिन्दगी खेर फालेर घाऊमा मलम लाग्ने पनि हैन । आफुलाई झन् मजबूत पारेर यो पापी संसार भोग्न तयार भएँ ।
दिनहरु बित्दै थिए , म सुन्दर सपनाको सपना बोकेर काठमाडौं आइपुगेँ । स्वर्णिम बाटो बुन्ने क्रममा निक्कै ब्यस्थ भएको बखत मलाई अगाडिको गन्तब्य मात्र देखिन्थे । पछाडि फर्केर हेर्ने फुर्सद नै थिएन । अधुनिक समयमा हिड्डै जाँदा मेरो संसारले काँचुली फेरिसकेको थियो । म आफ्नै कोठामा बसेर जीवनका खाकाहरु कोर्दै थिँए मेरो मोबाइलमा टीन टीन टीन टीन गर्यो, सन्देश आएछ । रितीमाको मोबाइलबाट आएको सन्देश निक्कै रोचक लाग्यो । पहिला चुट्किला अनी मेरो सन्चो बिसन्चो सोधिएकोले मैले रमेश भन्ने चिन्न गार्हो परेन । उ हामी संगै हुँदा सधैं चुट्किला सुनाउथ्यो अनी हामीलाई राम्रो मनोरन्जन प्रदान गर्थ्यो । मलाई अनुपमको कुक्रित्यले निकै मर्महात पुर्याएकोले उसको बेस्ट फ्रेन्डसँग पनि कन्सिरी तातेको थियो । मलाई त्यो सन्देशले इरिटेट गर्यो र मैले फोन गरेर झपारिदिएँ । उसले केही भन्न खोज्दै थियो तर बीचमै मैले फोन काटिदिएँ । अर्को दिन रमेशले आफ्नै मोबाइलबाट फोन गर्यो , मैले उठाँइन । एक हप्ता जस्तो सधैं फोन आउथ्यो तर मेरो हातले रातो बटनमात्र दबाउथ्यो । महिनादिन पछि मेरो सामु एउटा केटो उभियो र सोध्यो लक्ष्मी मलाई चिन्यौ ? म अक्क न बक्क भए । मैले सोचेको थिएन की रमेश काठमाडौंमा मलाई भेट्न आउनसक्छ भनेर । निक्कै करपछि उसंग एक कप चिया खानै पर्ने भयो मैले । उ सुनाउदै जान्थ्यो अनुपमका कुराहरु, त्यो पुरानो शहरका कुराहरु म सुन्दै जान्थेँ । अनुपमले निकै मिस गर्दै छ तिमीलाई भन्दै थियो मैले सुनेको नसुनेकै गरिदिएँ । जाने बेलामा उसले भन्यो , ' म पनि तिमीलाई मन पराउथेँ तर अनुपमले पहिला प्रपोज गरेको भएर मेरो कुरा मनमै गाड्न बिवस भएँ । आखिर मिल्ने साथी न पर्यो । तिमीहरुसंगै हिड्ने गफ गर्ने कारण पनि तिम्रै नजिक आउनको लागि हो । ' मैले केही सोच्नै सकिँन र हाँसेर टारिदिएँ । रातभर निन्द्रा नै लागेन । कस्तो विडम्बना , फेरी कहाँ आएर फसेँ ? तर मेरो भाग्य भनौँ की के भनौँ त्यो दिन देखि रमेश मेरो अगाडि परेन न त फोन गर्ने वा सन्देश पठाउने चेस्टा गर्यो ।
आज निक्कै चिसो बडेको छ । वरपर क्रिस्मस ट्री हरु पनि सिङारिदै छन् । कफि सुरुप्प पार्दै कोठामा बसेर अतितमा घुम्न मन लग्दै छ । बर्षौ अगाडि मेरा स्कुलका दिनहरुका यस्तै जाडो सम्झना भैरहेछ । ६ कक्षामा निक्कै रमाइलो हुन्थ्यो । स्कुलबाट फर्केर आउँदा जिस्क्याउदै जिस्कँदै घरसममा आएको पत्तो नै लाग्दैन थियो । कहीले छुट्टी हुन्छ र दिनभर खेल्न पाइन्छ जस्तो लग्थ्यो । अझ म त सधैं उत्पल संगै खेलेर बस्थेँ , मेरो घरपछाडीको करेसाबारी नै हाम्रो संसार हुन्थ्यो । दिनहरु बित्दै जादैँ थिए, उत्पल र मेरो साथ निक्कै झाङिदै गयो । हामी संगै एउटै बेन्चमा बस्ने गर्थ्यौँ । ग्रिहकार्य पनि संगै बसेर गर्थ्यौ । मेरो मनमा लागेका सबै कुराहरु म भन्थेँ उसलाई अनि उ पनि म सँग निकै फ्र्यान्क थियो । एस् एल सी दिने दिन पनि आइसकेछ, संगै दिन्भर पढेर बसिन्थ्यो । साँझमा बजारतिर यसो खुट्टा तन्काउन गइन्थ्यो । परिक्षा पनि राम्ररी सकियो अनि अब क पढ्ने भन्ने बारे सोच बिचार हुन्थ्यो , गफ हुन्थ्यो । उत्पल ,'म साईन्स पढ्छु ' भन्थ्यो अनी मलाई साईन्स पढ्नै मन थिएन । एवं रितले नतिजा पनि आयो, अब म कमर्श क्यम्पस खोज्न थालेँ र उत्पल साईन्स । हाम्रो दुनियाँ छुटीने पक्क पक्की भयो । त्यसपछि म आफ्नो संसारमा रमाउन थालेँ । कहीले काँही मलाई भेट्न आउथ्यो मेरो घरमा अनि निक्कै बेर गफ गर्थ्यौं । म जिस्क्याउथेँ कति जना गल फ्रेन्ड बनायौ ? उ केही नबोली चुप लागि रहन्थ्यो । ११ कक्षा जाँच चलिरहेको बेलामा उसले मलाई राम सरोबरको चिया पसलमा भेट्न बोलाएको थियो तर मेरो एक्जाम भएकोले जान पाईन । जाँच सकिएको भोलीपल्ट उत्पललाई भेट्न म उसकै घरमा गएँ तर बाबाले भन्नु भयो,' उ त काठमाडौं गयेको छ शायद उतै पढ्छ होला १२ क्लास । ' उसले भन्ने गर्थ्यो ,' सानीमा हुनुहुन्छ काठमाडौंमा उतै गयेर पढ्नु पर्ला जस्तो छ । यहाँको पढाई चित्त बुझ्दो पनि छैन । ' मैले सोचें अस्ति राम सरोबरको पसलमा डाकेको कारण पनि काठमाडौं जान्छु भन्नलाई होला । त्यती खेर म सँग मोबाइल पनि थिएन अनि उसले उसको काठमाडौंको फोन नम्बर पनि छोडेको थिएन । त्यसैले उसलाई भेट्ने वा कुरा गर्ने समय सकिएको जस्तो लाग्यो ।
अचानक ३ बर्ष पछि उत्पल मेरो सामु उभियो । त्यो बीच बजारमा म के भनौँ कसो भनौँ जस्तो गरि अलमल्ल परेँ । मनमा त निक्कै कुरा आएको थियो सोध्नलाई तर उसैले पहिला ,' के छ लक्ष्मी ' भनेर सोध्यो । मैले ठीक छ भनेँ । उसले फेरी थप्यो मेरो त अमेरिकाको भिसा लाग्यो आजको १५ दिनमा त म उड्छु । म त तिमीलाई भेट्न आएको । अचम्म लाग्यो उसको कुराले, अमेरिकाको भिसा लागेको उसको अनि भेट्न मलाई आएको । जे होस् राम्रै भएछ भन्ने सोचें । उसले मलाई आफ्नो मोबाइल नम्बर दियो र भन्यो फोन गर है म जाने बेलमा । मैले केही बोलिन र टाउको हल्लाएँ । मैले साथीहरुसँग उत्पल आएको कुरा गरेँ अनी सुनाएँ मलाई भेट्न आएको रे । मेरो कुरा सकिन नपाई प्रेक्ष्याले भनि ' किन नआओस त आफुलाई माया गर्ने मान्छेलाई भेट्न । ' यो सुनेपछी त म छङो बाट झरेको जस्तो भएँ । अनी उसले थपी तँलाई थाहा छ एउटा कुरा, एक्जाम को दिन भेट्न बोलाएको थियो नि, प्रपोज गर्नलाई तँलाई । मलाई छट्पटीले घेर्यो, के गर्नु कसो गर्नु जस्तो भयो । खान सुत्न मन लाग्नै छोद्यो । सधैं जसो म बहिनीसँग त्यही बारे नै कुरा गर्थें । निक्कै दिन बित्यो त्यस्तै सोच्दा र कुरा गरिरहदाँ ।
आज १३औ दिन भैसकेछ र मैले उसलाई फोन गर्छु भनेर सोचेँ । उसले फोन उठायो तर उसको बोली अली मलिनो थियो । सोधेँ किन निरास छौ भनेर । उसको त बाईक एक्सिडेन्ट भएछ , टाउको, हात र खुट्टामा निक्कै चोट आएको रहेछ । म त अस्पतालमा छु भन्यो । मैले सोधेँ , अब नजने त ? जान्छु तर तिहारपछि । ६ महिना भित्र जहिले गएपनि हुन्छ । तर तिमीलाई थाह छ, ' म पहिलेदेखि नै तिमीलाई निक्कै मनपराउथे तर हामी बेस्ट फ्रेन्ड्स थियौँ र मलाई पनि तिमी मेरो बेस्ट फ्रेन्ड कै रुपमा देख्न चहान्थेँ । तर त्यस दिन मैले आफुलाई रोक्नै सकिँन तर मेरो दुर्भाग्य तिम्रो एक्जाम रहेछ र भेट्नै सकिँन । अहिले यहाँ आउनुको कारण पनि तिम्रै माया हो । म अहिलेपनि तिमीलाई उत्तिकै माया गर्छु । तिमी जे भएपनि राम्रो मान्छे खोज्नु र रमाइलो सँग बस्नु ।' येती भनेर उसले फोन काट्यो म त केही बोल्ने स्तिथिमा थिएन । मलाई निक्कै नरमाइलो लागिरह्यो । म केही सोच्ने अवस्थामा थिएन । त्यो महिना मैले आफ्नो घरपरिसरमै कटाएँ ।
अहिले म यो कोठा म बसेर लेखिरहँदा उ पनि अमेरिकामा होला । कहीले काही पछुतो पनि लाग्छ त्यस्तो माया गर्ने मान्छेलाई चिन्न नसकेकोमा । तर ठिकै छ म आफ्नो दुनियाँमा आफ्नो भविश्य निकट छु र अहिले धेरै खुशी छु । जिन्दगीलाई फर्केर हेर्दा को अनुभव निक्कै रमाइलो तर अलि बेदनाको धरातलमा डुब्नु पर्ने रहेछ भन्ने निर्क्योल म पुगेको छु ।
Sunday, 29 November 2009
मन डराउछ
हेरिरहेछ मलाई एकटकले
सक्दिन म पनि लुक्न उ बाट
यता ऊता हेर्छु
मन डराउछ के गरौ कसो गरौ
आफ्नो काममा व्यस्थ भएझैं गर्छु
एकछिनमा फेरी उही हाल
म लजाउछु लुक्न खोज्छु
केही लाग्दैन मेरो
अब त रहर लागेको छ उसंगै बस्ने
शायद छोडदिन होला
उही मलाई माया गर्ने सधैं हेर्ने
मेरो प्यारो कफि ग्लास
सक्दिन म पनि लुक्न उ बाट
यता ऊता हेर्छु
मन डराउछ के गरौ कसो गरौ
आफ्नो काममा व्यस्थ भएझैं गर्छु
एकछिनमा फेरी उही हाल
म लजाउछु लुक्न खोज्छु
केही लाग्दैन मेरो
अब त रहर लागेको छ उसंगै बस्ने
शायद छोडदिन होला
उही मलाई माया गर्ने सधैं हेर्ने
मेरो प्यारो कफि ग्लास
Tuesday, 24 November 2009
झ
के के भए के के भएनन् भन्ने कुरा कोट्याउने ठाउँ नै छैन । यदी भएको भए कति कति कुरा हरु निस्किन्थ्ये होलान आँफैलाई थाहा छैन । कस्ता कस्ता चित्त दुख्ने कुराहरु सुन्न पाइयोहोला त्यो आँफैलाई थाहा छ । कसरी भुल्ने हो त्येस्ता कुराहरुलाई, कसरी पचाउने हो भन्ने बारे सोचेकै छैन । अझ जीवन दिल्ली चुर चुर भएको बखत च्वस्स घोच्ने खलका बाणी श्रवण गर्न पाउदा मन कति फुरुङ भयो होला ।
Saturday, 14 November 2009
Getting some problems was not a new thing for me but this time this was a house of problems just surrounding me. It was very very bad news about Dada of which I couldn't have imagined ever which ruined my life here across seven seas. Cannot go suddenly as some crisis in the pocket. Its paining in my heart till today though being told that everything is alright. But this idiot was busy with some special plans and performances. Now there is no point in regretting and being furious to oneself.
A heavy heart rules a thinkable mind. Pity on you Mr. Sambahaq.
A heavy heart rules a thinkable mind. Pity on you Mr. Sambahaq.
Wednesday, 11 November 2009
म
म आफैँभित्र समाहित भएको यो ज्वारभटलाई के नाम दिउँ भन्ने सोचमा रहेको बखत पलपलमा तिम्रो नै मुहारलाई देख्ने गर्दछु । आफुलाई सधैं एक्लै सोच्ने म आजभोलि त्यस्तो सोच्दिन । प्राय: म एकलकाटे
रहने गर्दथेँ जसको परिणाम स्वरुप ममा रुची लिने बिरलै कोही हुन्थे । एउटा कोठामै लीन भएर म दिन नै कटाइदिन सक्थेँ । खासै राम्रो बिचार पनि खेल्दैनथ्यो ममा र मान्छेहरुले घ्रीणाको आँखाले चिथोर्ने गर्दथे । हरबखत
च्यातिने र लछारिने भएको कारणपनी हो की म एक्लोपनमा सिंगो मान्छे कहलिन रुचाउथेँ । मसँग जो नगिच थिए उनीहरुपनि ध्यान दिदैनथे । यस कुराको ज्ञान मैले निकै पछि मात्र पाएँ जबकी मैले अगाडि नै पाउनुपर्ने थियो । यस्तै भवनाहरुले व्याप्त मेरो मन फेर्न त्यहा आएको थिएँ । जब तिम्रो आँखालाई मेरो हृदयले देख्यो तब म केही फरक मतमा उभिन थालेँ । त्यस रात मलाई निन्द्राले पटक्कै छोएन र ताराहरुले पिलिपिली गर्दै मेरो अवस्था हेरिरहेका थिए । त्यो रात मेरो आजसम्मकै सबैभन्दा कठिन रात रह्यो । मेरो मनले एउटै कुरा दोहोर्यायो ' कहीले बिहान हुन्छ ? '
रहने गर्दथेँ जसको परिणाम स्वरुप ममा रुची लिने बिरलै कोही हुन्थे । एउटा कोठामै लीन भएर म दिन नै कटाइदिन सक्थेँ । खासै राम्रो बिचार पनि खेल्दैनथ्यो ममा र मान्छेहरुले घ्रीणाको आँखाले चिथोर्ने गर्दथे । हरबखत
च्यातिने र लछारिने भएको कारणपनी हो की म एक्लोपनमा सिंगो मान्छे कहलिन रुचाउथेँ । मसँग जो नगिच थिए उनीहरुपनि ध्यान दिदैनथे । यस कुराको ज्ञान मैले निकै पछि मात्र पाएँ जबकी मैले अगाडि नै पाउनुपर्ने थियो । यस्तै भवनाहरुले व्याप्त मेरो मन फेर्न त्यहा आएको थिएँ । जब तिम्रो आँखालाई मेरो हृदयले देख्यो तब म केही फरक मतमा उभिन थालेँ । त्यस रात मलाई निन्द्राले पटक्कै छोएन र ताराहरुले पिलिपिली गर्दै मेरो अवस्था हेरिरहेका थिए । त्यो रात मेरो आजसम्मकै सबैभन्दा कठिन रात रह्यो । मेरो मनले एउटै कुरा दोहोर्यायो ' कहीले बिहान हुन्छ ? '
Tuesday, 10 November 2009
अतितका पानाहरुबाट........
त्यस दिन म करैले बिहेमा समबेश हुन पुगेको थिएँ । केही अनौठो र आफ्ठ्यारो लाग्द लग्दैपनि म आफुलाई जसरी भयेपनी सम्हलेर त्यस समारोहमा उपस्थित थिएँ । केही जीवन्त अनुभव सँगालेर फर्किन्छु की भन्ने आशापनि कायमै थियो । तर मलाई निक्कै खल्लो लगिरहेको थियो त्यो कार्यक्रम । आफ्ना आशाहरुमा तुसरापात हुन्छ भन्ने कुरामा म पुरै विस्वस्थ थिएँ । हुनत एकान्तमा रमाउने मान्छे भएपनी त्यो कोलाहाल बीचको कोठामा कोचिएर एकान्तलाई अँगाल्ने क्षमता ममा थिएन । त्येसैले म निक्कै चिन्तित र असहज बनिरहेको थिएँ ।
निकै व्यकुलतामा अल्झिरहेको बखत त्यस्तो परिस्तिथीले मलाई खसै प्रभाव पार्न सक्दैनथ्यो । म आफू त्यस्तै प्रकितिले बेरिएको हुनाले पनि मलाई रमाइलो लाग्यो भन्न सक्दिन । अगिल्लो रात कसरी त्यो कालो र भयावह क्षण कट्यो आँफै भन्दा अरुलाई थाहा छैन । भोलिपल्टको बिहान पनि मलाई खासै फाप्यो भन्न सक्तिन । एकलाई त्यो कचिङलमा उभेको देख्नेहरु के सोच्दै थिए होला ? एकलौटी जीवनमा नै कुदिरहेको म त्यसवखत सम्मपनि अगडिका घटनाहरुसँग असावधान थिएँ । आफ्न पाटाहरुलाई नयाँ रङ भर्ने क्रममा म आँफै कता कता भौँतरिरहेको थिएँ । जीवन खास के हो भन्ने कुराको अर्थपनि पाएको थीइयेन । जब म आफ्नो गन्तब्यमा पुग्ने क्रममा थिएँ तब आफ्नो औटामात्र धयय प्राप्त गर्ने सुरमा थिएँ, भोली कसरी दिन बिताउने ? क्रीकेट खेल्ने हो की घुम्न जाने हो की या आफ्नो भवनाहरुमा हराउने हो भन्ने सोचहरुमै अल्झीरहेको थिएँ ।
निकै व्यकुलतामा अल्झिरहेको बखत त्यस्तो परिस्तिथीले मलाई खसै प्रभाव पार्न सक्दैनथ्यो । म आफू त्यस्तै प्रकितिले बेरिएको हुनाले पनि मलाई रमाइलो लाग्यो भन्न सक्दिन । अगिल्लो रात कसरी त्यो कालो र भयावह क्षण कट्यो आँफै भन्दा अरुलाई थाहा छैन । भोलिपल्टको बिहान पनि मलाई खासै फाप्यो भन्न सक्तिन । एकलाई त्यो कचिङलमा उभेको देख्नेहरु के सोच्दै थिए होला ? एकलौटी जीवनमा नै कुदिरहेको म त्यसवखत सम्मपनि अगडिका घटनाहरुसँग असावधान थिएँ । आफ्न पाटाहरुलाई नयाँ रङ भर्ने क्रममा म आँफै कता कता भौँतरिरहेको थिएँ । जीवन खास के हो भन्ने कुराको अर्थपनि पाएको थीइयेन । जब म आफ्नो गन्तब्यमा पुग्ने क्रममा थिएँ तब आफ्नो औटामात्र धयय प्राप्त गर्ने सुरमा थिएँ, भोली कसरी दिन बिताउने ? क्रीकेट खेल्ने हो की घुम्न जाने हो की या आफ्नो भवनाहरुमा हराउने हो भन्ने सोचहरुमै अल्झीरहेको थिएँ ।
Subscribe to:
Posts (Atom)