Thursday, 15 October 2009

थहा पाएँ तिमी उता गएछौ

थहा पाएँ तिमी उता गएछौ
हो साचैँ तिमी क्रूर भएछौ

देउरालीमा कुरेथेँ तिमीलाई
तर तिमी भञ्ज्याङमा गएछौ

औलो दिन खोज्दा तिमीलाई
डुडुल्को पो निल्न खोजेछौ

मन मात्र दिएको तिमीलाई
धन चहिँ तिमीले रोजेछौ

भनेथे मेरो आसु पुछिदिन
अब तिमी उसको खुशी बनेछौ

आफ्नो ठानेर कल्पिये तिमीलाई
तर तिमीले उसलाई अँगालेछौ

थहा पाएँ तिमी उता गएछौ
हो साचैँ तिमी क्रूर भएछौ ।

3 comments:

  1. thats the hidden talent you got ...........
    i guess you are doing great there in finland.
    aani winter lago ta

    ReplyDelete
  2. aani ni
    tyo kt bhanjyang gayako kasari tha pako ni

    ReplyDelete