Thursday, 15 October 2009

दिनमा त ठीक छ मलाई शान्त हुन दिएनौ

दिनमा त ठीक छ मलाई शान्त हुन दिएनौ
भन तिमीले रातमा निँदाउन किन दिएनौ ?

चोरी भयो सोझो मन मेरो एउटै हेराइमा
तर तिमीले रिपोर्ट लेख्न सम्म पनि मनिनौ

एकहोरो टोलाउँछु म जहाँपनि बहुलाझैँ
ठिकै छ आलो घाऊमा मलम पनि लगएनौ

कति चाहान्छौ तिमी मेरो झुकाइ अझपनि
भावुक नयनको बारम्बार हेराईले खिएनौ


जसले पनि सोध्दछ मलाई किन त एस्तो हँ
जवाफ के दिउँ तिमीले प्रेमरस पिएनौ

अब त मर्छु होला म अगडिपछडी नहेरी
के गर्नु जति गर्दा पनि तिमी त मेरी भएनौ

दिनमा त ठीक छ मलाई शान्त हुन दिएनौ
भन तिमीले रातमा निँदाउन किन दिएनौ ?

No comments:

Post a Comment