तिमीलाई आफ्नो बनाउन सकिँन
अफसोच म आकाश हुन सकिँन
जति हेरे पनि तिमीलाई यसरी
मनको प्रेम प्रकट गर्न सकिँन
जीवनमा कैयौँ बहार आय्पनि
एउटै मात्र पनि भेट्न सकिँन
थुप्रै खोला तरिसकेँ अभागी मैले
तर पनि कडा तिर्खा मेट्न सकिँन
धेरै साथी भेटेपनि जीन्दगीमा
साथ पाउन मैले पटक्कै सकिँन
जति बदले पनि संवाहकलाई
आकाशझैं राम्रो बनाउन सकिँन
तिमीलाई आफ्नो बनाउन सकिँन
अफसोच म आकाश हुन सकिँन।
No comments:
Post a Comment